राष्ट्रिय सभा सदस्य चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ता

काठमाडाैं | मंसिर १७, २०८०

राष्ट्रिय सभा सदस्य चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता हुने भएको छ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २३ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो।

 

आयोगले पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको हो।

 

माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ।

 

पुस २० गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधको उजुरी दिनका लागि छुट्टाछुट्टै समय तोकिएको छ। मतदाता नामावली बिहान १० बजेदेखि ११ बजेभित्र प्रकाशन हुनेछ भने ११ बजेदेखि ४ बजेसम्म दाबी विरोधको उजुरी दिन समय तोकिएको छ। 

 

पुस २१ र २२ गते निवेदन तथा उजुरीमाथि छानबिन र कारबाही गर्ने तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। 

 

पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्